तालिम प्राप्त कुकुरसहित नाकामा निगरानी
baahrakhari.com · Sat Oct 17 05:21:33 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले देशका प्रमुख सीमानाकामा विशेष तालिम प्राप्त कुकुरसहितको निगरानी बढाएको छ । कञ्चनपुरको गड्डाचौकी भन्सार नाकामा पनि तालिम प्राप्त ‘डग’सहितको गस्ती तथा जाँच सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
शनिबार (असोज ३१) कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले गड्डाचौकी सीमानाकामा परिचालन हुने डग स्क्वाडको उद्घाटन गरे । सशस्त्र प्रहरीले यसअघि चार प्रमुख नाकामा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरी सीमा सुरक्षा र जाँचलाई प्रभावकारी बनाउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)