मुख्य सामग्रीमा जानुहोस्

समाचार

Agriculture

जग्गा भाडामा लिएर सयपत्री खेती

khabarhub.com · Sat Oct 17 05:30:33 GMT 2026

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमितिका सदस्य र कर्मचारी अहिले सयपत्री खेतीमा ब्यस्त देखिन्छन् ।

एक हजार २०० सदस्य रहेको उक्त सहकारीले बनकट्टामा एक बिघा जग्गा भाडामा लिएर सयपत्री खेती गरेपछि त्यही खेतीको स्याहार सुसारमा व्यस्त रहने गरेका हुन् । चाडपर्वलाई लक्षित गरी यसरी सयपत्री खेती गरिएको संस्थाका अध्यक्ष चित्रा धितालले बताएन्।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)