रास्वपा कार्यालयअघि जेन-जीहरूको नाराबाजी
nepalpress.com · Tue Jun 09 08:37:40 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीअघि जेन-जीहरूले धर्नासहित नाराबाजी गरिरहेका छन् । सरकारसँग गरिएको १० बुँदे सम्झौता कार्यान्वयन गरिनुपर्ने, घाइते तथा शहीदहरूको यथाशीघ्र उचित व्यवस्थापन गरिनुपर्ने तथा झुटा मुद्दामा फसाइएका जेन-जीहरूलाई हिरासतमुक्त गरिनुपर्ने प्रदर्शनकारी जेन-जीहरूको माग छ ।
आन्दोलनमा जेन-जी, घाइते तथा सहिद परिवारका सदस्यहरू सहभागी भएको जेन-जी अभियन्ता सरिस्मा थापाले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ