मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

khabarhub.com · Sat Oct 17 05:52:56 GMT 2026

म्याग्दी – यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी आवासमा क्षति पुगेको छ । बाढीपहिरोका कारण ९१ घर पूर्ण र १५१ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार सबैभन्दा बढी क्षति भकिम्लीको चिनाखेत र छेपारेमा भएको छ । पहिरोमा पुरिएर त्यहाँ दुई जनाको मृत्यु भएको छ । विपद्बाट ३३ वटा गोठमा समेत क्षति पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)