धनकुटामा परम्परागत रूपमा फूलपाती बढाइँ (फोटो फिचर)
gorkhapatraonline.com · Sat Oct 17 05:58:46 GMT 2026

बडादसैँको सातौँ दिन महासप्तमीका अवसरमा धनकुटास्थित निशान भगवती मन्दिरमा शनिबार परम्परागत विधिअनुसार फूलपाती बढाइँ गरिएको छ । निशान भगवतीको डोलीसहित बजार परिक्रमा गरी तल्लो टुँडिखेलमा विशेष पूजाआराधना गरेर बढाइँ सम्पन्न गरिएको हो ।
धनकुटा नगरपालिका–६ विचबजारस्थित निशान भगवती मन्दिरबाट बिहान ७:२५ बजे निशान निकालेर सलामी दिइएको थियो । त्यसपछि बिहान ७:२७ बजे डोलीमा राखिएको निशानसहितको टोलीले भीमसेन थान, भीमनारायण चोक, माथिल्लो कोप्चे र तल्लो कोप्चे हुँदै तल्लो टुँडिखेलसम्म बजार परिक्रमा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)