डीआइजी थापा एआइजीमा बढुवा
hamrakura.com · Thu Jul 08 00:00:00 GMT 2021
काठमाडौं। नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी)सहकुल थापा एआईजीमा बढुवा भएका छन् । थापालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीमा बढुवा गरेको हो।
यसअघि थापालाई गृह सचिवको नेतृत्वमा रहेको बढुवा समितिले बढुवा सिफारिस गरेको थियो। समितिको सिफारिस अनुसार नै मन्त्रीपरिषद्ले थापालाई एआइजीमा बढुवा गर्ने निणर्य गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)