मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेसन्स लिग फुटबलमा हंगेरीसँग हार्‍याे जर्मनी

shilapatra.com · Fri Sep 23 23:58:00 GMT 2022

घरेलु टाेली जर्मनी नेसन्स लिग फुटबलमा हंगेरीसँग पराजित भएको छ । आज बिहान भएको खेलमा हंगेरीसँग जर्मनी १-० गोलले हारेकाे हाे ।

निर्धारित समयसम्म बल आफ्नो पकडमा राखे पनि जर्मनीले हंगेरीसँग हार भने टार्न सकेन । हंगेरीका आडम स्जालाईले गोल गरे । उनले खेलको १७औँ मिनेटमा गोल गरी हंगेरीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको हंगेरीले दोस्रो हाफमा पनि आफ्नो अग्रता कायमै राख्दै जित निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)