फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ [भिडियो]
hamrakura.com · Sat Oct 17 00:00:00 GMT 2026

काठमाडौँ। बडादशैँको सातौँ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर फूलपाती पर्व मनाइँदैछ। दशैँको महत्त्वपूर्ण दिनका रूपमा लिइने फूलपातीमा शुभसाइतको प्रतीकका रूपमा पूजाकोठा तथा दशैँशरमा विभिन्न फूल र वनस्पति भित्र्याएर देवी दुर्गाको पूजा आराधना गर्ने परम्परा छ।
धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार फूलपाती भित्र्याउनुअघि बेलपत्रलाई निमन्त्रणा गर्ने र त्यसपछि नवपत्रिकालगायत देवीलाई प्रिय मानिने सामग्री विधिपूर्वक देवीको समीपमा राख्ने गरिन्छ। फूलपाती भित्र्याएसँगै दशैंघरमा विशेष पूजा आराधना गर्ने प्रचलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)