महाकालीमा हाम फालेकी महिलालाई बचाउने प्रहरी कार्यालयका सहयोगी गृहमन्त्रीबाट पुरस्कृत
kendrabindu.com · Sat Oct 17 06:22:06 GMT 2026

दार्चुला । महाकाली नदीमा हाम फालेर आत्महत्याको प्रयास गरेकी महिलाको सकुशल उद्धार गर्ने दार्चुलाका प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरा गृहमन्त्रीबाट पुरस्कृत भएका छन्। ७१औँ प्रहरी दिवसको अवसरमा गृहमन्त्री सुधन गुरुङले महरालाई प्रशंसापत्र प्रदान गर्दै पुरस्कृत गरेका हुन्।
महाकाली नदीमा हाम फालेकी महिलाको उद्धार गर्ने क्रममा साहस, कर्तव्यनिष्ठा र समर्पण प्रदर्शन गरेका महरा २०८३ साल असार महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका थिए। उनले आफ्नो ज्यानको समेत प्रवाह नगरी महिलाको उद्धार गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)