सीमान्तकृत समुदायलाई अधिकारसम्पन्न बनाउनुपर्ने
gorkhapatraonline.com · Wed Jan 25 01:02:52 GMT 2023
काठमाडौँ, माघ ११ गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले निर्वाचित जनप्रतिनिधि मात्रैले प्रादेशिक संरचना सफल नहुने बताउनुभएको छ । गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले राजधानीमा मङ्गलबार आयोजना गरेको ‘समसामयिक राजनीतिक परिस्थिति र गजेन्द्र बाबु’ विषयक विचार गोष्ठीमा प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका लोसपा अध्यक्ष ठाकुरले सङ्घीयता मजबुत बनाउन सङ्घले शक्ति विकेन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले राजनीतिक स्थिरताबिना देश समृद्ध नहुने तर्क गर्नुभयो । उहाँले राजनीतिक स्थिरताका लागि आदिवासी–जनजाति, मधेसी, थारू, मुस्लिमसहितका सीमान्तकृत समुदायलाई अधिकारसम्पन्न बनाउन जोड दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)