मिथिलाका शक्तिपीठहरूमा खोइछ भर्ने महिलाको भीड
annapurnapost.com · Sat Oct 17 06:23:09 GMT 2026

महोत्तरी : मिथिलाञ्चलका विभिन्न देवी भगवतीको शक्तिपीठहरूमा आजदेखि खोइछ भर्ने (एक विशेष प्रकारका विधिसहितको पूजा) सुरू भएको छ । दसैंको सप्तमी तिथिका दिन मधेशका विभिन्न दैवीशक्तिपीठ एवं देवी नवदुर्गाको प्रतिमा सम्मुख विवाहित महिलाहरूले खोइछ भरेका हुन् ।
यहाँका प्रसिद्ध बर्दिवासको माईस्थान,औरहीको सोनामाई,जलेश्वरको त्रिशुलीमाई,बलवाको परौलस्थानका शक्तिपीठसाथै ग्रामिण भेगमा निर्मित नवदुर्गा भवानीको मूर्तिको सम्मुख उनीहरू यसरी खोईछ भरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)