मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

अपाङ्गता दिवसमा राष्ट्रपतिको सन्देश

hamrakura.com · Sat Dec 03 00:00:00 GMT 2022

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा जारी गरि अपाङ्गता भएका व्यक्ति, यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नेपाल सरकार, अभिभावक समूहलगायत सम्बद्ध सबैलाई अपाङ्गता भएका नागरिकको पक्षमा निरन्तर क्रियाशील रहन प्रेरणा र ऊर्जा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)