मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको वार्ता सकारात्मक

nepaltvonline.com · Thu Jul 08 00:15:20 GMT 2021

काठमाडौं- नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकारात्मक भएको छ ।

नक्सालस्थित होटेल मेरियटमा हिजो भएको वार्तामा विवाद समाधान खोज्न गठित कार्यदलका केही सदस्यले हालसम्मको सहमतिको प्रयासबारे ब्रिफिङ गरेका थिए । त्यसपछि उहाँहरुबीच अलग-अलग वार्ता भएको थियो । भेटवार्ताबाट बाहिरिएपछि अध्यक्ष ओली र नेता नेपालले पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिनुभएन ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)