कोप–३१ मा नेपालले हिमाल र समुद्रको मुद्दालाई एउटै पर्यावरणीय चक्रमा जोडेर उठाउने
ratopati.com · Sat Oct 17 06:40:23 GMT 2026

काठमाडौँ । नेपालले आगामी ३१औँ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा पग्लिँदै गएका हिमाल र बढ्दै गएको समुद्री सतहको एजेण्डालाई एउटै पर्यावरणीय चक्रमा जोडेर अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउने भएको छ।
आगामी कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म टर्किएको अन्टाल्या सहरमा आयोजना हुने सम्मेलनमा नेपालले जलवायु सङ्कटलाई छुट्टाछुट्टै नभई हिमालदेखि समुद्रसम्मको बृहत् पारिस्थितिकीय प्रणाली (इकोलोजिकल सिस्टम) सँग जोडेर कूटनीतिक पैरवी गर्ने तयारी थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)