जहाँ स्वार्थ समूहले चलाउँछ अर्थतन्त्र
annapurnapost.com · Fri Apr 29 00:32:00 GMT 2022
मुलुकको आर्थिक अवस्था जर्जर अवस्थामा पुग्दैछ। विज्ञहरूले यसै भनिरहेका छन्। अर्थमन्त्री र सरकारले जसरी तसरी ढाकछोप गर्न खोज्दा पनि तथ्यांकहरूले उनीहरूको दाबी सत्य सावित गर्दैनन्। सत्य त विज्ञहरूकै चेतावनी नजिक देखिन्छ। अर्थात्, अर्थतन्त्र संकटोन्मुख छ। विदेशी मुद्राको सञ्चिति निख्रने डर पैदा भएको छ। आयात औधी बढेको छ। चालू आर्थिक वर्षको ९ महिना चैतसम्म १४ खर्ब ६६ अर्ब रुपैयाँको आयात भएको छ। चैतमा मात्रै १ खर्ब ५७ अर्ब रुपैयाँको सामान नेपालले बाहिरबाट किनेको छ। यो बितेको यही समयावधिको दाँजोमा ३१.९७ प्रतिशत बढी हो। सामान विदेशबाट किनेर उपभोग गर्ने क्षमता हुनु त राम्रै
हो, तर त्यसको नकारात्मक असर के भने देशको विदेशी मुद्राको ढुकुटी घट्दै जान्छ र अर्थतन्त्र कमजोर हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)