मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महानगरमा दोहोरिए चिरिबाबु र रेनु

ekantipur.com · Wed May 25 00:43:11 GMT 2022

चितवन‚ ललितपुर — स्थानीय तह निर्वाचनमा धेरैको ध्यान तानेको भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित भएकी रेनु दाहाल आफैंलाई पनि यति फराकिलो मतान्तर हुने आकलन थिएन । ‘तीनदेखि सात हजारसम्मको मतान्तर होला भन्ने थियो । सोचेको भन्दा राम्रो नतिजा आयो,’ मंगलबार बिहान भरतपुरको मतगणनास्थल चितवन प्रदर्शनी केन्द्रमा दाहालले पत्रकारहरूसँग भनिन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको अन्तिम मतपरिणामअनुसार सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार दाहालले ५२ हजार २८ मत उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) सँगको तालमेलबाट एमालेका विजय सुवेदीले ३९ हजार ५ सय ८२ मत ल्याएका छन् । दाहाल १२ हजार ४ सय ४६ मतान्तरले निर्वाचित भएकी हुन् । उपप्रमुखमा सत्ता गठबन्धनकै कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ५२ हजार ८ सय ३ मत पाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)