एभरेस्ट स्कुल जापानलाई ११ र १२ कक्षा सञ्चालनको अनुमति
karobardaily.com · Wed Apr 21 21:39:24 GMT 2021
विगत ८ वर्षदेखि जापानको टोकियोमा सञ्चालन भइरहेको नेपाली विद्यालय एभरेस्ट इन्टरनेसनल स्कुललाई नेपाल सरकारले ११ र १२ कक्षा सचालन गर्ने अनुमति दिएको छ ।
हाल कक्षा १० सम्म अध्ययन अध्यापन भइरहेको सो विद्यालयलाई चैत २० गते बसेको मन्त्रिपरिषद्को बैठकले कक्षा १२ सम्म अध्ययन अध्यापन गर्न अनुमति दिएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ सम्म कक्षा सञ्चालन गर्न अनुमति दिएको पत्रद्वारा जानकारी गराएको स्कुलका प्रिन्सिपल विष्णु भट्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)