मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्विडेनलाई हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा

Ujyaaloonline.com · Wed Jun 30 00:08:29 GMT 2021

काठमाण्डाै – स्विडेनलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा युक्रेनका ओलेक्सान्डर जिन्चेन्को र आर्टिम दोब्भेकले एक/एक गोल गरे । ​स्विडेनका इमिल फर्सवर्गले एक गोल फर्काए ।

खेलको निर्धारित ९० मिनेट एक/एक गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा आर्टिमले गोल गर्दै युक्रेनलाई जिताए । खेलको २७ औं मिनेटमा युक्रेनका जिन्चेन्कोले गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा फर्सवर्गले गोल गर्दै स्विडेनलाई एक/एकको बराबरीमा पुर्याएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)