ताप्लेजुङको हिमाली गाउँ ग्याब्लामा लघु जलविद्युत् आयोजना निर्माण तीव्र
gorkhapatraonline.com · Sat May 16 13:41:07 GMT 2026

ताप्लेजुङको दुर्गम हिमाली गाउँ लेलेपको ग्याब्लामा नागपोखरी लघु जलविद्युत् आयोजनाको निर्माण कार्य हाल तीव्र रूपमा भइरहेको छ । कञ्चनजङ्घा पदमार्गअन्तर्गत पर्ने फक्ताङ्लुङ गाउँपालिका–६ स्थित ग्याब्ला गाउँमा विद्युत् सुविधा पुर्याउन यो आयोजना सुरु गरिएको हो ।
बाह्य तथा आन्तरिक पर्यटकको मुख्य बासस्थानका रूपमा रहेको ग्याब्लामा विद्युत्को पहुँच पुर्याउन पालिकाको लागत साझेदारीमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना निर्माण गरिरहेको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले बताउनुभयो । आउँदो असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । कुल १५ किलोवाट क्षमताको यस आयोजनाको कुल लागत एक करोड ७२ लाख ८८ हजार १८१ रुपियाँ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)