‘जलविद्युत् राजधानी’ को पहिचान बनाउँदै रसुवा
makalukhabar.com · Sat May 16 13:43:34 GMT 2026

रसुवा । रसुवामा नौ वटा राष्ट्रिय गौरवका जलविद्युत् योजनाले उत्पादन दिन थालेका छन् । यी आयोजनाको उत्पादनसँगै यहाँ समग्र उत्पादन क्षमता तीन ६५ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
नेपालको जलस्रोत विकास इतिहासमा पहिलोपटक यहाँ २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र भूमिगत संरचनाबाट निर्माण गरिएको थियो । उक्त आयोजनाबाट प्राप्त अनुभव र प्रविधिलाई आधार मानेर पछिल्ला आयोजनासमेत आधुनिक तथा सुरक्षित ढाँचामा निर्माण हुँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)