पृथ्वीनारायण शाहले दिएको २५८ वर्ष पुरानो खड्ग फुलपातीसँगै जाजरकोट दरबारमा भित्र्याइयो
annapurnapost.com · Sat Oct 17 06:52:43 GMT 2026

जाजरकोट : नेपाल एकीकरण अभियानका क्रममा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले जाजरकोट राज्यलाई उपहारस्वरूप दिएको २५८ वर्ष पुरानो खड्ग (तरवार) बडादसैंको फुलपातीका दिन जाजरकोट दरबारमा भित्र्याइएको छ। ऐतिहासिक महत्त्व बोकेको उक्त खड्गलाई जाजरकोट राज्यको शक्तिको प्रतीकका रूपमा पूजाआजा गरी दरबारमा भित्र्याउने परम्परा रहिआएको छ।
फुलपाती भित्र्याउने परम्पराअनुसार शनिबार जाजरकोटको पुरानो सदरमुकाम जगतिपुरबाट खड्गलाई जाजरकोट दरबारमा ल्याइएको हो। स्थानीय सर्वसाधारण,सरकारी कर्मचारी तथा सुरक्षाकर्मीको सहभागितामा शङ्खध्वनि र बाजागाजासहित भेरी नगरपालिका-४, गैरीखालीमा पूजाआजा गरिएको थियो। त्यसपछि बोकाको बलिसहित प्रमुख जिल्ला अधिकारी नवराज बरालले विधिपूर्वक पूजाआजा गरी खड्ग र फुलपाती दरबारमा भित्र्याएका थिए। सो अवसरमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त सलामी दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)