मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लघुजलविद्युतको भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

nepalnews.com · Sat Oct 17 07:06:40 GMT 2026

लमजुङ। जिल्लाका पसगाउँ, सिङ्दीलगायतका बस्ती तथा राइनास नगरपालिकाको एउटा गाउँमा राष्ट्रिय प्रसारण लाइनको व्यवस्था नहुँदा ती स्थानका सर्वसाधारण लघुजलविद्युत्मा निर्भर भएका छन्।

लघुजलविद्युत् आयोजनाको उत्पादन घटेका बेला बिजुली आपूर्ति पनि कम हुने गरेको छ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सोवितबहादुर क्षेत्रीका अनुसार राइनास नगरपालिकाको एउटा गाउँका करिब २० घर तथा क्व्होलासोथार गाउँपालिकाका पसगाउँ, सिङ्दीलगायतका बस्तीमा राष्ट्रिय प्रसारण लाइन विस्तार हुन बाँकी छ। हालसम्म जिल्लामा ४४ हजार घरमा विद्युत् सेवा पुगेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)