मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतदाता नामावलीमा एक लाख ८७ हजारभन्दा बढी मतदाता थपिए

khabarhub.com · Sat Oct 17 07:13:47 GMT 2026

काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दा एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । गत प्रतिनिधिसभा निर्वाचनपछि अद्यावधिक गरिएको नामावलीमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए । आयोगका अनुसार अद्यावधिक गरिएको नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य गरी कुल एक करोड ९१ लाख ९१ हजार ३७५ मतदाता कायम भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)