मुख्यमन्त्री जेसिज एभरेष्ट धनगढी हाफ म्याराथन प्रतियोगिता हुने
abhiyandaily.com
कैलाली । नयाँ वर्षको अवसरमा धनगढीमा ‘मुख्यमन्त्री जेसिज एभरेष्ट धनगढी हाफ म्याराथन २०२२’ दौड प्रतियोगिता हुने भएको छ ।
प्रत्येक वर्ष आयोजना गर्दै आएको धनगढी जेसिजले नयाँ वर्ष २०७९ को पूर्वसन्ध्यामा ‘अब धनगढी दौडिन्छ’ नाराका साथ प्रतियोगिताको आठौं संस्करण गर्न लागेको हो । आगामी चैत २६ देखि हुने प्रतियोगिताको उद्देश्य सुदूरपश्चिम प्रदेशलाई खेलकुदका माध्यमबाट चिनाउने रहेको धनगढी जेसिसका अध्यक्ष भुवन पाण्डेले बताए । धनगढी रङ्गशालाबाट शुरू हुने दौड प्रतियोगिताको खुलातर्फ २१ दशमलव एक किलोमिटर, कर्पोरेट र सञ्चारतर्फ पाँच किलोमिटर रहेको छ । त्यस्तै, महिला ५ किलोमिटर र विद्यार्थीका लागि ५ किलोमिटरको दूरी रहेको आयोजकले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)