मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु,दुई घाइते

annapurnapost.com · Sat Oct 17 07:12:40 GMT 2026

काठमाडौं : कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

शनिबार बिहान करिब ९:४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ क ६६६ नम्बरको ट्रक,सोही दिशातर्फ जाँदै गरेको बा ८३ प ४४८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ३ प ३५८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)