ताप्लेजुङमा तीन महिनामा एक करोडभन्दा बढीको खाद्यन्न बिक्री
gorkhapatraonline.com · Sat Oct 17 07:25:19 GMT 2026

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दुई लाखभन्दा बढीको खाद्यान्न बिक्री गरेको छ । चालु आर्थिक वर्ष २०८३-८४ को साउनदेखि असोजसम्मको अवधिमा एक करोड दुई लाख ७५० रुपियाँको खाद्यान्न वृद्धि भएको हो ।
गत आर्थिक वर्षमा २०८२-८३ मा एक करोड ६ लाख रुपियाँको खाद्यान्न बिक्री गरेको कम्पनीले चालु आवको साउन, भदौ र असोजमै करोड दुई लाख बढीको खाद्यान्न बिक्री गरेको शाखा प्रमुख प्रकाश तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा कुल एक हजार १८२ क्विन्टल बढीको खाद्यान्न बिक्री भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)