मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सञ्चारको हक र उपभोक्ता अधिकार खण्डित’

ekantipur.com · Mon Jul 24 00:39:10 GMT 2023

काठमाडौँ — कान्तिपुर पब्लिकेशन्स् लिमिटेडले आफ्ना प्रकाशन कान्तिपुर र द काठमान्डु पोस्टको वितरणमा अवरोध भएको जनाउँदै यस्तो कदमले संविधानमा उल्लिखित अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र उपभोक्ता अधिकारको उल्लंघन भएको बताएको छ । पत्रकारितासम्बद्ध संस्थाका अगुवाहरूले पनि मिडिया उद्योग धराशायी पार्ने यस्ता कदमले लोकतन्त्र र आम श्रमिकलाई नै बढी क्षति पुर्‍याउने भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरेका छन् ।

‘कान्तिपुर संघर्ष समिति’ का नाममा आइतबार दुवै दैनिकको वितरणमा अवरोध भएपछि पब्लिकेशन्स्ले विज्ञप्ति जारी गर्दै संविधानले सुनिश्चित गरेको मौलिक हक खण्डित भएकोमा दुःख व्यक्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)