राष्ट्रपति र चिनियाँ जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता, सम्झौता कार्यान्वयन गरौँ : राष्ट्रपति
nayapatrikadaily.com · Thu Sep 15 00:11:00 GMT 2022
नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झाङ्सुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भण्डारीले एक चीन नीतिमा नेपालको प्रतिबद्धता जनाउँदै विगतमा दुई देशबीच शीर्ष तहमा भएका समझदारी कार्यान्वयन हुनुपर्ने बताएकी छिन् ।
चिनियाँ नेता लीले राष्ट्रपति भण्डारी नेपालका मात्र नभएर चीनका लागि महिला आन्दोलनको प्रेरणाको स्रोत भएको उल्लेख गर्दै चीनले उनीसँग महिला आन्दोलनको अनुभव लिन चाहेको बताए । ‘कुराकानीको सुरुवातमै चिनियाँ नेताले राष्ट्रपतिज्यूलाई नेपालको मात्र नभएर चीनका लागि पनि महिला आन्दोलनको सन्दर्भमा अनुकरणीय व्यक्तिका रूपमा लिएको चर्चा गर्नुभयो,’ शीतलनिवासमा भएको भेटवार्तापछि राष्ट्रपति भण्डारीका प्रेसविज्ञ टीका ढकालले नयाँ पत्रिकासँग भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)