अपडेट : जाजरकोट अटो दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर
onlinekhabar.com · Sat Oct 17 07:29:16 GMT 2026

३१ असोज, सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार असोज ३१ गते बिहान करिब ११:१५ बजे अटो दुर्घटना भएको हो । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु प्र ०१–००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भएर सडकबाट करिब ६० देखि ६५ मिटर तल खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)