मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालबालिका : माया नपाउँदा अपराधको बाटोमा

onlinekhabar.com · Wed Jul 27 00:26:27 GMT 2022

१० असार, दाङ । २०७६ सालतिरको घटना हो । दाङको लमहीका १२ वर्षीय राजन (परिवर्तित नाम) घोराहीको सुधार केन्द्रमा आइपुगे । काकाले चुरोट खाँदै गर्दा भेट्टाएपछि उनलाई सुधार केन्द्रमा छोडिदिए । तर जब उनको भित्री कथा केलाइयो, एउटा कारुणिक कुरा बाहिर आयो ।

बुवा बितेर आमा अन्यत्रै हिंडेपछि उनी एक्लिए । उनको अभिभारा हजुरबुवा र हजुरआमामा भयो । उनले साथ त पाए तर माया पाएनन् । आमा-बुवाको मायाको अभाव सधैं खट्किरह्यो । त्यही माया पाउन उनी साथी-संगत खोज्दै हिंडे । संगतले उनलाई गलत बाटोमा डोहोर्‍यायो । क्रमशः उनले गलत संगतकै कारण चुरोट, खैनी खान सिके । र, अन्ततः उनी कलिलै उमेरमा कुलतको बाटोतिर धकेलिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)