कागबेनीमा आएको बाढीमा हराएको दानपेटिका भेटियो
annapurnapost.com · Tue Aug 22 10:29:00 GMT 2023
जोमसोम : कागबेनीमा आएको बाढीमा हराएको दानपेटिका भेटिएको छ। गत साउन २८ गते मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनी स्थित कागखोला बाढीका कारण हराएका सामग्रीहरू खोज्ने क्रममा दानपेटिका पनि फेला परेको हो।
कागबेनी धर्मशालाको गण्डकी माताको मन्दिर, धर्मशाला, हवनमण्डप, सभागृह, स्नानगृह, ध्यानकुटी र अतिथि स्वागतगृह रहेको स्थानको बाढी पन्छ्याउन क्रममा धर्मशालाको दुईवटा दान पेटिका भेटिएको प्रहरी निरीक्षक मिलन बहादुर विकले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)