मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रोजाइमा परेनन् चिनियाँ भेडाच्याङ्ग्रा

gorkhapatraonline.com · Sat Oct 17 07:55:15 GMT 2026

दसैँलाई लक्षित गरी चीनको स्वशासित क्षेत्र तिब्बतबाट मुस्ताङको लिजी–नेचुङ (कोरला) नाका हुँदै भित्र्याइने भेडाच्याङ्ग्राको सङ्ख्या यस वर्ष अपेक्षाभन्दा निकै कम भएको छ । नेपाली व्यापारीको रोजाइमा मुस्ताङमै हुर्काइएका भेडाच्याङ्ग्रा पर्न थालेपछि चिनियाँ भेडाच्याङ्ग्राको आयात घटेको हो ।

यस वर्ष दसैँसम्म करिब पाँच हजार तिब्बती भेडाच्याङ्ग्रा भित्रिने अनुमान गरिएको थियो । तर, असोजको पहिलो सातासम्म चार लटमा ४३९ वटा भेडाच्याङ्ग्रा आयात भएका थिए । तीमध्ये ३९३ वटा च्याङ्ग्रा र ४६ वटा भेडा रहेको लोमन्थाङ गाउँपालिका–२ का वडाध्यक्ष कर्म नाम्ग्याल गुरुङको समूहले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)