अमेरिकामा दुई कम्पनीमा छापा, ४७५ जना आप्रवासी पक्राउ
ekantipur.com · Sat Sep 06 16:57:49 GMT 2025

वासिङटन — अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी सोलुसनको संयुक्त ब्याट्री कारखानामा शनिबार अमेरिकी आप्रवासन अधिकारीले छापा मार्दा ३ सयभन्दा बढी दक्षिण कोरियाली मजदुर पक्राउ परेको सोलस्थित विदेश मन्त्रालयले पुष्टि गरेको छ । विदेशमन्त्री चो ह्युनले सोलमा आयोजित आपत्कालीन बैठकमा बताएअनुसार कुल ४ सय ७५ जना पक्राउ परेकामध्ये ३ सयभन्दा बढी दक्षिण कोरियाका नागरिक रहेका छन् ।
अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागका विशेष एजेन्ट स्टिवन र्श्यांकका अनुसार, यो छापा एलाबेल सहरस्थित हुन्डाई–एलजीको संयुक्त कारखानामा बिहीबार भएको ‘गम्भीर संघीय अपराध र अवैध रोजगारसम्बन्धी आरोप’ मा अनुसन्धानका लागि भएको हो । ‘यो सामान्य आप्रवासन छापा होइन,’ र्श्यांकले थपे, ‘यो धेरै महिना लामो आपराधिक अनुसन्धानको नतिजा हो ।’ उनले पक्राउ परेका व्यक्तिहरू अमेरिकाभित्र अवैध रूपमा रहेर गैरकानुनी रूपमा कार्यरत रहेको बताए । पक्राउ परेका सबैलाई आप्रवासन तथा सीमा सुरक्षा विभागमार्फत देशनिकालाको प्रक्रियामा लगिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)