आज आठौं पटक मन्त्रिपरिषद् विस्तार हुँदै, परराष्ट्रमन्त्रीमा साउद
onlinekhabar.com · Sun Apr 16 00:49:49 GMT 2023
३ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नयाँ मन्त्रीहरुको शपथ अपराह्न तीन बजे तोकिएको छ ।
परराष्ट्र मन्त्रीको रुपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण गर्ने निश्चित भएको छ । अन्य मन्त्रीहरुको भने टुंगो लागेको छैन । प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘अहिलेसम्म एनपी साउदको मात्र टुंगो लागेको छ, अन्य मन्त्रीको शपथ हुने नहुने टुंगो छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)