मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैँसँगै धान भित्र्याउने चटारोमा किसान

gorkhapatraonline.com · Sat Oct 17 09:01:19 GMT 2026

दसैँको रौनक बढ्दै जाँदा सल्यानका किसानलाई भने खेतमा पाकेको धान भित्र्याउने चटारो छ । वर्षाले बालीमा क्षति पुर्‍याउने जोखिम र जङ्गली जनावरको त्रासका कारण किसान दसैँको तयारीभन्दा धान काट्ने, झाँट्ने र थन्क्याउने काममा व्यस्त छन् ।

मौसम खुलेको मौका छोप्दै किसान परिवारका सदस्यसहित खेतमा खटिएका छन् । कतिपयले धान काट्न र झाँट्न मेसिनको प्रयोग गरेका छन् भने धेरै खेत भएका किसानले मजदुर लगाएर बाली भित्र्याइरहेका छन् । पाकेको धान समयमै सुरक्षित गर्नुपर्ने भएकाले चाडपर्वको रमझमभन्दा खेतीपातीलाई प्राथमिकता दिनुपरेको किसान बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)