एनपीएलमा विदेशी खेलाडीको संख्या बढ्यो, नेपाली खेलाडीका लागि ७ स्थान अनिवार्य
kalakarmi.com · Sat Oct 17 09:18:02 GMT 2026
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा एक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको बताएका छन् । यसअघि अघिल्ला दुई संस्करणमा टोलीमा अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेकामा यसपटक संख्या बढाइएको उनले जानकारी दिए ।
शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलका लागि स्वीकृति प्राप्त गर्ने प्रक्रियासँगै विदेशी खेलाडीको सहभागिता, एन्टी करप्सन, अम्पायरिङ, मिडिया पहुँच र प्रतियोगिताको सञ्चालनसम्बन्धी विभिन्न मापदण्ड लागू हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)