आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
ratopati.com · Tue Jun 30 18:41:01 GMT 2026

काठमाडौँ । फिफा विश्वकपअन्तर्गत जारी खेलमा नर्वेविरुद्ध आइभरी कोस्टले बराबरी गोल फर्काएको छ ।
खेलको ७९ औं मिनेटसम्मको स्थितिमा दुवै टोलीले एक–एक गोलको अवस्थामा छन् । नर्वेका लागि खेलको ३९ औं मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा पछि परेको आइभरी कोस्टका लागि ७४ औं मिनेटमा अमाद डियालोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा