मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिग–२ मा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य

kendrabindu.com · Sat Oct 17 09:20:18 GMT 2026

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानको अल अमरत क्रिकेट ग्राउण्डमा जारी खेलमा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा ५० ओभरमा २५६ रन बनाउँदै अलआउट भएको हो।

क्यानडाका ओपनर युवराज शर्माले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे। उनले ११७ बलमा १०५ रन बनाएर आउट भए। यो उनको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक हो। शर्माले एरोन जोन्सनसँग पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)