गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन
khabarhub.com · Sat Oct 17 09:27:37 GMT 2026

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन् । मन्त्री गुरुङ वसन्तपुरस्थित कुमारी घरमा दर्शनका लागि आज पुगेका हुन् ।
कुमारी घरको प्रतिनिधिमण्डलले उनलाई स्वागत गरेका थिए । उनले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेको कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)