उपेन्द्र यादव बाराबाट विजयी
emountaintv.com · Tue Apr 25 22:43:34 GMT 2023
काठमाडौं, १३ वैशाख । जनता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बारा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पराजित गरेका हुन् ।
वैशाख १० गते भएको उपनिर्वाचनको अन्तिम नतिजामा यादवले २८ हजार ४१५ मत पाउँदा कुशवाहाले २३ हजार ३३४ मत पाएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी गराए । नेकपा एमालेका पुरुषोत्तम पौडेल १० हजार २१६ मत पाएर तेस्रो स्थानमा रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)