चीनको सेन्जेनमा एपीईसी सीईओ शिखर सम्मेलन २०२६ आयोजना हुँदै
ratopati.com · Sat Oct 17 09:38:49 GMT 2026

सेन्जेन । एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले एपीईसी सीईओ शिखर सम्मेलन २०२६ आगामी नोभेम्बर १७ र १८ मा चीनको ग्वाङ्दोङ प्रान्तस्थित सेन्जेनमा आयोजना हुने भएको छ ।
‘साझा समृद्धि र सबैका लागि लाभदायी भविष्यको प्रवर्द्धन’ नाराका साथ आयोजना हुने सम्मेलनमा एपीईसी सदस्य अर्थतन्त्रका नेताहरू तथा व्यावसायिक प्रतिनिधिहरू सहभागी हुनेछन् । सम्मेलनमा स्वतन्त्र व्यापार क्षेत्रको विकास, क्षेत्रीय सम्पर्क विस्तार, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल अर्थतन्त्र, ग्रेटर बे एरिया र दिगो विकासका विषयमा छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)