मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मानपुर डेढगाउँ सडक कालोपत्रपछि यात्रा सहज

barnanmedia.com · Fri Apr 18 21:43:55 GMT 2025

काठमाडौँ, ६ वैशाख : गण्डकी प्रदेशको गौरवको कोरोला त्रिवेणी सडक आयोजना अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिकाको डेढगाउँसम्म सडक कालोपत्र भएपछि यात्रा सहज भएको छ ।

घिरिङको मानपुरदेखि डेढगाउँसम्मको ११ किलोमिटर खण्ड कालोपत्रको काम सकिएको हो । सडक कालोपत्र भएपछि यस ठाउँ भएर यात्रा गर्नेलाई सहज भएको छ । यसअघि ११ किलोमिटर कच्ची सडक पार गर्न दुई घण्टा लाग्नेमा सडक कालोपत्र भएपछि उक्त दूरी १५ मिनेटमा छोटिएको स्थानीय सूर्यबहादुर रानाभाटले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)