चाडपर्वलाई भन्सार सहुलियतमा २० हजार टन चिनी आयात हुने
nayapatrikadaily.com · Thu Sep 14 00:46:00 GMT 2023
आसन्न दसैँ, तिहार र छठ पर्वका लागि सरकारले २० हजार टन चिनी भन्सार सहुलियतमा आयात गर्न दुई सरकारी संस्थानलाई अनुमति दिएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १० हजार र साल्ट ट्रेकिङ कर्पोरेसन लिमिटेडलाई १० हजार टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न स्वीकृति दिइएको हो । ‘आसन्न चाडपर्वमा उपभोक्तालाई सहुलियत मूल्यमा चिनी उपलब्ध गराउने उद्देश्यले तोकिएको भन्सारदरभन्दा कममा आयातको स्वीकृति दिइएको हो,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)