पर्यटकीय स्थल तास्नाधुरी जोड्न पदमार्ग निर्माण
barnanmedia.com · Fri Apr 18 21:55:12 GMT 2025

काठमाडौँ, ६ वैशाख : म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा रहेको पर्यटकीय स्थल तास्ना धुरी जोड्ने पदमार्ग निर्माण थालिएको छ । गुर्जा आउने पर्यटकको बसाई लम्बाउन तास्ना धुरीलाई सहायक गन्तब्यको रुपमा विकास गर्नका लागि पदमार्ग निर्माण थालिएको हो ।
धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा सदस्य गुनराम छन्त्यालले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालू आर्थिक वर्षमा गाउँपालिकाले बिनियोजन गरेको रु १० लाख बजेटबाट पदमार्ग निर्माण थालिएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)