दशैंका लागि छथरका ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण
onlinekhabar.com · Sat Oct 17 09:56:55 GMT 2026

३१ असोज, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले दशैंलाई लक्षित गरी ८६ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । आर्थिक अभावका कारण चाडपर्वमा दैनिक उपभोग्य सामग्री जुटाउन कठिन हुने परिवारलाई राहत पुर्याउने उद्देश्यले गाउँपालिकाले खाद्यान्न उपलब्ध गराएको हो ।
गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाका अनुसार गाउँपालिकाको स्वीकृत कार्यक्रमअन्तर्गत कार्यविधिले तोकेको मापदण्ड पूरा गरेका परिवारलाई सम्बन्धित वडाको सिफारिसका आधारमा छनोट गरी खाद्यान्न वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)