कान्तिपुर हिसान शैक्षिक मेला आजदेखि
ekantipur.com · Thu Jun 15 00:34:30 GMT 2023
काठमाडौँ — कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करण आज बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु हुँदै छ । एसईई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो ।
असार ३ गते आइतबारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू रहनेछन् । मेलामा निःशुल्क प्रवेश गरेर नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)