मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

खानेपानीलाई २ अर्ब सहयोग

annapurnapost.com · Fri Mar 11 06:20:00 GMT 2022

काठमाडौं : जापानले विराटनगरमा खानेपानी आयोजना सुधारका लागि २ अर्ब ७ करोड अनुदान दिने भएको छ। अर्थ सचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानी राजदूत किकुता युताकाले बिहीबार अनुदानपत्रमा हस्ताक्षर गरेका हुन्।

परियोजना कार्यान्वयनका लागि भएको अर्को अनुदान सम्झौतामा जाइका नेपालका प्रतिनिधि ओकुबो अकिमित्सु र अर्थ मन्त्रालयका आर्थिक सहयोग तथा समन्वय महाशाखा सहसचिव ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरे। यो परियोजनाले विराटनगरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै स्थानीयको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ। ‘अहिले विराटनगरवासीले खानेपानीका लागि कमसल इनारमा भर पर्नु परेको छ। सुरक्षित पिउने पानी अभावले प्रभावित भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)