मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

साढे २७ लाखको डिजेल चोरीमा संलग्न व्यवसायी र चालक कारबाहीमा

nayapatrikadaily.com · Thu Feb 02 00:32:00 GMT 2023

नेपाल आयल निगम लिमिटेडले अमलेखगन्ज (बारा)स्थित मधेस प्रादेशिक कार्यालयबाट विराटनरस्थित १ नम्बर प्रादेशिक कार्यालयका लागि चलान भएको ट्यांकरबाट २७ लाख ५२ हजार रुपैयाँ मूल्यबराबरको १६ हजार लिटर डिजेल चोरीमा संलग्न ढुवानी व्यवसायी र चालक–सहचालकलाई कारबाही गरेको छ ।

चोरी भएको डिजेल बोकेको को १ ख ३६५५ नम्बरबाट आगामी तीन महिनासम्म इन्धन ढुवानी नगर्ने गरी निलम्बन गरिएको छ । पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघको पूर्वाञ्चल च्याप्टरका वरिष्ठ उपाध्यक्ष गुणराज निरौलाको ट्यांकरलाई कारबाही गरिएको हो । पुराना र पूर्वाञ्चल क्षेत्रमा स्थापित ढुवानी व्यवसायी निरौलालाई चोरी भएको इन्धनको बजारमूल्यको दुई गुणा हुन आउने ५५ लाख चार हजार रुपैयाँ जरिवानासमेत तिराइने निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)