सरकारले चार जलविद्युत आयोजनालाई दियो राष्ट्रिय वन क्षेत्र प्रयोगको स्वीकृति
barnanmedia.com · Tue Jun 09 08:59:09 GMT 2026

काठमाडौँ। सरकारले चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादीखोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए
बैठकले निजामती सेवा १६औँ संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ। यस्तै, सरकारले विशालकुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)