मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज

ratopati.com · Fri Apr 18 22:54:00 GMT 2025

इलाम । सूर्योदय नगरपालिकामा स्थानीय सडक ३३३ वटा छन् । ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारमा छुट्याइएका ती सडक १३ दशमलव ५ किलोमिटर कालोपत्रे, ८३ दशमलव ८ किलोमिटर ग्राभल र ६६८ दशमलव ९३ किमी कच्चि (माटे) बाटो रहेको नगरपालिकाका सिभिल इञ्जिनियर कविन सापकोटाले बताए ।

नगरपालिकाले आफ्नो नगरभित्रका सडकलाई १२ महिना सवारीसाधन सञ्चालन गर्ने गरी निर्माण गर्ने योजनाअनुसार चार वर्षअघि नगरस्तरीय सडक सञ्जाल गुरुयोजना बनाएको थियोे । गुरुयोजनाअनुसार २८ वर्षमा नगरभित्रका सडक निर्माण भइसक्ने उल्लेख छ । हालसम्म १३ दशमलव पाँच किमी कालोपत्रे, ८३ दशमलव ०८ किमी ग्राभल गरिएको छ भने ६६८ दशमलव ९३ किमी सडक स्तरउन्नतीको क्रमममा रहेको नगरप्रमुख रणबहादुर राईले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)